ताजा समाचार

विप्लव नेकपाका मोरङ जिल्ला ईन्चार्ज उगेन नेकपामा प्रवेश

काठमाडांै ।  नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको मोरङ जिल्ला इन्चार्ज उदय राई (उगेन) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सोमबार  बिहान अध्यक्ष निवास खुमलटारमा उनलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन् ।

सत्तारुढ नेकपामा प्रवेश गर्दै राईले विप्लव नेतृत्वको पार्टीले गरेको अराजक गतिविधिहरु प्रतिगामी, यथास्थितिवादी शक्ति र प्रवृत्तिलाई मलजल गर्ने भएको दावी गरे । समृद्ध र समानतासहितको वैज्ञानिक समाजवादी व्यवस्थाको आधार खडा गर्दै जानु अहिलेको महत्वपूर्ण र ऐतिहासिक आवश्यकता भएकाले सो समूह परित्याग गरेको उनको कथन थियो ।

राईले विप्लव नेतृत्वको नेकपाको भ्रममा परेर रहेका सम्पूर्ण इमान्दार र क्रान्तिकारी साथीहरुलाई अहिलेको आवश्यकतालाई बोध गरी मुलधार नेकपामा आउन आह्वान र आग्रह पनि गरे । अध्यक्ष प्रचण्डले देशको समृद्धि र विकासको निर्विकल्प पार्टी नेकपा भएकाले देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरुको मूलप्रवाहमा समाहित भई राष्ट्र निर्माणमा जुट्नु पर्नेमा जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org