ताजा समाचार

विमानस्थलमा प्रचण्ड-बाबुरामको जम्काभेट भएपछी……

विमानस्थलमा यसरी जुर्यो पूर्वमाओवादीको जम्काभेट

काठमाडाैं । सत्तारुढ दल नेपाल कमक्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भेटघाट भएको छ ।

पार्टी कार्यक्रमका लागि नेपालगञ्ज जान लागेका प्रचण्ड आफ्नो टिमसहित विमानस्थलको भिआईपी कक्षमा जहाज पर्खेर बसेका बेला बाबुराम भट्टराईपनि त्यहाँ पुगेका छन् ।

प्रचण्ड गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझीसहित नेपालगञ्ज जान लागेका बेला जहाज समयमै नउड्दा उनीहरुको भेटघाट भएको हो ।

बाबुराम भट्टराईले सामािजक सञ्जान ट्विटरमा लेख्दै भनेका छन्,

‘७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन! एयरपोर्टमा घण्टौं कुर्दाको फाइदा चाहिं सबै पार्टीमा छरिएका साथीहरूसंग भेटघाट र गफगाफ गर्न पाइने! नकारभित्र सकार भनेको शायद यही हो! अथवा चित्त बुझाउने मेसो!’

जनयुद्ध दिवसमा प्रचण्डले कांग्रेस सभापति स्वर्गिय गिरिजाप्रसाद कोइरालाको बारेमा दिएको अभिव्यक्तिले विवाद सिर्जना गरेको बेला बाबुरामले प्रचण्डले बढाइचढाइ गर्ने र अवस्था हेरेर गीत गाउने पहिलेकै आनीबानी भएको तर, गिरिजाले नगरपालिकाकको चुनाव विथोल्न आग्रह गरेको भनेको भनेका थिए । संयोगवस त्यसको केहि दिनमे उनीहरुको विमानस्थलमा भेटघाट भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org