ताजा समाचार

प्रधानमन्त्री ओली गृहजिल्ला झापा

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन्।

जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन ओली आज झापा पुगेका हुन्। ओलीले आजै बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्नेछन्।

ओलीलाई भद्रपुर विमानस्थलमा प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ लगायतले स्वागत गरेका थिए।

झापामा रहँदा प्रधानमन्त्री ओलीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यस्तै, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा बनेको पक्की पुलको उद्घाटनका साथै दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रममा ओली सहभागी हुनेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org