ताजा समाचार

सञ्चारमन्त्री गोकुल बाँस्कोटाको पदबाट राजीनामा

काठमाडाैं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् ।

बाँस्कोटामाथि ७० करोड घुस मागेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिएको जानकारी दिएका हुन् ।

उनले अनाैपचारिक रुपमा आफूलाई मन्त्री बाँस्कोटाको राजीनामाबारे जानकारी भएको भन्दै जानकारी गराएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उनलाई बर्खास्त माग गर्दै संसद बैठक अवरुद्ध पारेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org