ताजा समाचार

डाक्टर भन्छन्: १४ दिन क्वारेन्टाइनले पुग्दैन, काेराेनाका लक्षण ४० दिनपछि पनि देखिन सक्छन्

काठमाडाैं । चीनको उहानमा देखापरेको कोरोना भाइरसबारे नेपालमा चालिएको सुरक्षाका कदम न्यूनतम पनि छैन।

चीनमा दैनिक सय जना हाराहारीमा मानिसको ज्यान लिइरहेको कोरोना भाइरस नेपाल पनि छिर्यो भने यसबाट उत्पन्न हुने परिणाम भयावह हुनेछ। अतः नेपालले जिम्मेवारीपूर्वक रोग लाग्नुभन्दा रोग लाग्नै नदिने कदम चाल्नु आवश्यक छ।

विश्व स्वास्थ्य संगठन र चीन आफैंले परीक्षणबाट बताएबमोजिम यो भाइरसको उत्पत्ति २ दिनदेखि १४ दिनभित्रमा हुने भनेको थियो।

चीनले पनि सोहीबमोजिम एक महिनाजति हेर्यो तर उहानमा एक व्यक्तिमा २७ दिनपछि पनि संक्रमण देखिएपछि भने कोरोना देखापर्ने अवधिलाई लम्ब्याइयो।

जापानमा डाइमन्ड क्रुजबाट लगिएका व्यक्तिको अवस्थामा १४ दिनको क्वारेन्टाइनमा नेगेटिभ देखिएको थियो। तर ३० दिनपछि पुनः भाइरस देखापर्यो। अतः विशेषज्ञले भाइरस देखापर्ने समय बढाएका छन्।

चीनको फुच्यान मेडिकल युनिभर्सिटी युनियन हस्पिटलका डा. दिलजान मन्सुरले आजको कान्तिपुरमा भनेका छन्, ‘कोरोनाको अवधि व्यक्तिको रोग प्रतिरोधी क्षमताअनुसार फरकफरक हुन्छ।’

रोग प्रतिरोधी क्षमता नभएका, छातीसम्बन्धी कुनै रोग भएका, क्यान्सर वा एचआईभी भएका व्यक्तिमा भने ३० दिन नपुग्दै कोरोनाको लक्षण देखापर्न सक्छ।

रोग प्रतिरोधी क्षमता भएका र दीर्घ रोग नभएका मानिसले लामो समय रोग दबाएर राखे ३० देखि ४० दिनको बीचमा पनि संक्रमण देखापर्न सक्छ। तसर्थ १४ दिनमै ढुक्क हुन सकिँदैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org