ताजा समाचार

को हुन प्रचण्डलाई कार्यक्रमस्थलमै जुत्ता प्रहार गर्ने व्यक्ति ?

काठमाडाैं । राष्ट्रियसभा गृहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डमाथि रतन तिरुवा नाम गरेका युवाले जुत्ता प्रहार गरेका छन् ।

जुम्लाका तिरुवाले प्रचण्डमाथि भरतमोहन अधिकारी स्मृति फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा संबोधन सकेर सिटमा जान लागेका बेला जुत्ता प्रहार गरेका हुन् ।

जुत्ता प्रहार गर्ने तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको जानकारी प्रहरीले दिएको छ ।

उनी पूर्व माओवादी कार्यकर्ता समेत रहेको जनाइएको छ ।

प्रचण्डलाई जुत्ता हानेपछि कार्यक्रममा सहभागीले तिरुवामाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org