ताजा समाचार

झापामा कोरोनाको सङ्क्रमणबाट बच्न हात धुने अभियान

झापा । झापाको कमल गाउँपालिकास्थित विभिन्न विद्यालयमा कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गरिएको छ ।

अभियानअन्तर्गत विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले हात धोएको कार्यक्रम संयोजक सोम आचार्यले जानकारी दिए । ग्लोबल स्यानिटेशन फण्ड÷युएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्र झापाले सहजीकरण गरिरहेको पूर्ण सरसफाइ अभियानअन्तर्गत हात धुने अभियान सञ्चालन गरिएको उनले बताए ।

“विद्यालयमा मात्र होइन, समुदायस्तरमा पनि अभियान सञ्चालन गरिएको छ”, उनले भने, “अभियानमा उत्साहजनक सहभागिता देखिएको छ ।” कार्यक्रमले कोरोना भाइरसविरुद्ध सचेतना अभिवृद्धि हुँदै गएको विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्र सिटौलाले बताए । उनले भने, “जिल्लाव्यापीरूपमा सचेतनामूलक कार्यक्रम गछौँ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org