ताजा समाचार

केउरानी वनको आगो नियन्त्रण

काठमाडाैं । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित केउरानी सामुदायिक वनमा बुधबार साँझ लागेको आगो नियन्त्रणमा आएको छ ।

वनको बिचभागमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा राती नै नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

हावा चलेसँगै फैलिएको आगो नियन्त्रण गर्न नेपाली सेनाका २६, नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरी बलका १३ सुरक्षाकर्मी परिचालित भएका थिए । जङ्गलभित्र दमकल जान नसक्ने भएकाले आगो नियन्त्रणमा लिन समस्या परेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org