ताजा समाचार

२ करोडभन्दा बढी ठगी गरेको आरोपमा बाबुराम पक्राउ

महानगरीय प्रहरी परिसरमा पीडितको भीड

काठमाडौं । प्रहरीले अर्घाखाँची घर भएका ३९ वर्षीय बाबुराम श्रेष्ठलाई पक्राउ गरेको छ ।

श्रेष्ठलाई शनिबार नेपालगञ्जबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो । माल्टा र कुवेत पठाइदिन्छु भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी गरेको उजुरी श्रेष्ठविरुद्द परेपछि नेपालगञ्जबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

माल्टा पठाइदिन्छु भन्दै श्रेष्ठले २६ जनाबाट प्रतिव्यक्ति ६–६ लाख लिएको र कुवेत पठाइदिन्छु भन्दै ३४ जनाबाट प्रतिव्यक्ति ४–४ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । श्रेष्ठलाई प्रहरीले पक्राउ गरेपछि पीडितहरु महानगरीय प्रहरी परिसर काठमाडौंमा आइपुगेका छन् ।

श्रेष्ठकी श्रीमतीले पनि परिसरमा आएर पैसा फिर्ता गरिदिने भन्दै पीडितहरुलाई आश्वसन दिएकी थिइन् । पीडित र श्रेष्ठकी श्रीमतीबीच छलफल जारी छ । श्रेष्ठले सुन्धारास्थित सिटीसी मलमा मसाज सेन्टर चलाउँदै आएका छन् । उक्त मसाज सेन्टरबाट ५६ थान पासपोर्ट बरामद भएको डिएसपी बोगटीले जानकारी दिए । ‘कुबेत र माल्टाका परराष्ट्र अधिकारीहरुसँग आफ्नो चिनजान रहेको भन्दै श्रेष्ठले ठगी गर्ने गरेको पाइएको छ’ डिएसपी बोगटीले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org