ताजा समाचार

बेलायती प्रधानमन्त्री जोन्सनको रणनीति : कोरोनाका विषयमा धैर्य गर्नुस्, हात धुनुस्

एजेन्सि । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको अध्यक्षतामा दोस्रोपटक कोरोना भाइरस आपतकालीन बैठक बोलाइएको छ ।

बेलायतको क्याबिनेट ‘वार रुम’मा सोमबार बसेको बैठकमा जोन्‍सन नेतृत्वको सरकार तीव्र रुपमा बढ्दै गरेको कोरोना भाइरस नियन्त्रण गर्न असफल भएको भन्दै ध्यानाकर्षण गराइएको छ ।

बेलायतमा आइतबार रातिसम्म कोरोना संक्रमितको संख्या ३० प्रतिशतले वृद्धि भएर २७३ पुगेको जनाइएको छ । एकैदिनमा ६४ नयाँ संक्रमित भेटिएको बताइएको छ ।

संयुक्त अधिराज्य बेलायतमा हालसम्म २३ हजार पाँच सयमा कोरोना संक्रमण जाँच गरिएको छ । नोभेल कोरोना अर्थात कोभिड-१९ कै कारण तीनजनाको मृत्युसमेत भएको छ ।

युरोपियन मुलकहरुमध्ये इटालीमा सबैभन्दा धेरै प्रभावित भएको छ ।

प्रधानमन्त्री बोरिसले जनतालाई ‘ह्याप्पी बर्थ डे’ गीत दिनमा दुईपटक गाउने र समयसमयमा हात धुन आग्रह गरेका छन् । उनले कोरोनाका विषयमा धेरै नआत्तिन र शान्त बस्‍न आग्रह गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org