ताजा समाचार

चैत १० देखि लामो दुरीको सवारी साधन र चैत ९ गतेदेखि सबै उडान राेकिने

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीलाई नियन्त्रण गर्न स्पष्ट कार्ययोजना बनाई काम भइरहेको बताएका छन्।

उनले चैत १० देखि लामो दुरीको सवारी साधनमा रोक लगाएकाे र चैत ९ गतेदेखि सबै उडान ठप्प पारिएको घाेषणा गरे।

‘सरकारले संक्रमण हुन नदिने, संक्रमितको उपचार गर्ने रणनीति लिएर विशेष तयारी गरेको छ,’ शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले यो परिस्थिति सामना गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए।

यसबारे पाँचवटा बैठक बसिसकेको, चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेको, प्रदेश र स्थानीय तहबाीच पनि सहकार्य भएको उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org