ताजा समाचार

प्रधानमन्त्री ओलीको आग्रहः ‘हल्ला र अफवाहबाट भ्रमित नहुनुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबारे हल्ला र अफवाहबाट भ्रमित नहुन आग्रह गरेका छन् ।

देशवासीका नाममा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले धीरता अपनाउन आग्रह गरेका छन् ।

कोरोनाको संक्रमणबाट बच्न केही समयका लागि आफ्नो व्यवहार बदल्नुपर्ने उनले बताए । भीडभाडमा नजान र कोरोनाबारे सतर्कता अपनाउन सरकारले यसअघि नै आग्रह गरिसकेको छ ।

विद्यालय र विश्वविद्यालयको परीक्षा स्थगन गरिएको, भिडभाड हुने सिनेमा घरलगायतका स्थान बन्द गर्न आग्रह गरिएको पनि उनले जानकारी दिए । कोरोनाले ल्याएको समस्या समाधानमा देश एक भावमा उभिएको भन्दै उनले राष्ट्रिय भावना प्रकट गर्न पनि सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीको आपूर्तिमा कमी नहुने पनि बताए । कालोबजारीमा संलग्न पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने पनि बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org