ताजा समाचार

भारत र चीनसँगको सीमानाका एकसाताका लागि बन्द गरिने

काठमाडौं । सरकारले भारत र चीनसँग जोडिएको सीमानाका एकसाताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबार बिहान १० बजेबाट भारत र चीनतर्फका सबै नाका बन्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो । चीनतर्फका नाका यसअघि पनि बन्द गरिएको थियो ।

त्यस्तै मन्त्रिपरिषदको बैठकले कोभिड १९ रोकथामका लागि ५० करोड रुपैयाँको केन्द्रीय कोष खडा गर्ने निर्णय पनि भएको छ ।

उक्त कोषमा सबै मन्त्रीले एक एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय पनि भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org