ताजा समाचार

कोरोनाका शंकास्पद बिरामी देखिए तत्काल खबर गर्न गृह मन्त्रालयको आग्रह

काठमाडाैँ ।  कोरोना भाइरसबाट प्रभावित वा शंकास्पद बिरामी देखिए तत्काल खबर गर्न आम नागरिकलाई सरकारले आग्रह गरेको छ।

गृह मन्त्रालयले आइतबार साँझ विज्ञप्ति जारी गरेर संकटको घडीमा सहयोग गर्न सबैसँग आग्रह गरेको हो।

कोरोना प्रभावित वा शंकास्पद व्यक्तिहरुलाई अस्पतालसम्म पुर्‍याउन सरकारले विशेष टोली तयार गरेको र त्यसले काम गरिरहेको मन्त्रालयले जनाएको छ।

गृहले कोरोना रोकथामका लागि प्रभावकारी उपाय अपनाउन र तत्काल समस्या सम्बोधन गर्न आपतकालीन सञ्चालन केन्द्र तयार गरेको छ।

केन्द्रमा सबै सुरक्षा निकाय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि छन्।

विदेशबाट आउनेले क्वारेन्टिन बस्ने ठाउँ भन्नुपर्ने
अहिलेसम्म विदेशबाट आउने नेपाली नागरिक क्वारेन्टिनमा बसेका छैनन्। त्यसले संक्रमण फैलिने जोखिम बढेपछि गृह मन्त्रालयले अब नेपाल प्रवेश गर्ने नागरिकले कुन स्थानीय तहमा क्वारेन्टिन बस्ने हो, त्यो जानकारी दिनुपर्ने जनाएको छ।

त्यसको निगरानी प्रशासनले गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ। देश संकटमा परेका बेला कालोबजारी गर्नेलाई कानुनी दायरामा ल्याइरहेको पनि गृहले दाबी गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org