ताजा समाचार

भोलिदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द गर्ने तयारी

काठमाडौँ  । सरकारले भोलि म‌ंगलबारदेखि अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय बन्द गर्ने तयारी गरेको छ ।

स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतका अत्यावश्यक सेवाका कर्मचारीलाई भने नियमित काममा बोलाउने तयारी भएको उच्च सरकारी स्रोतले बतायो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यसबारे निर्णय गर्ने तयारी रहेको स्रोतले बतायो।

समिति अन्तर्गत गठन गरिएका ६ वटा कार्यदल संयोजकको बैठकले यस्तो निर्णय गर्न सिफारिस गरेको हो। स्रोतका अनुसार अत्यावश्यक सेवाबाहेकका निजामति कर्मचारीलाई घरमै ‘स्ट्यान्डबाइ’मा बस्ने निर्देशन दिने सल्लाह कार्यदलमा रहेका मन्त्रीहरुले संयोजक पोखरेललाई दिएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org