कोरोना रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका ६ निर्णय
काठमाडाैँ । उपप्रधान तथा रक्षामन्त्री र्ईश्वर पोखेरलको संयोजकत्वको नोभल कोरोना (कोभिड-१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले आइतबार केही महत्वपूर्ण निर्णय गरेको छ।
समितिले अन्तर्राष्ट्रिय उडान २०७७ वैशाख ३ गतेसम्म रोक्नेदेखि विदेशबाट फर्किएर सम्पर्कमा नआउने, क्वारेन्टिनमा नबस्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कैद सजाय गर्नेसम्मका निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समन्यव समिति बैठकले चीनबाट ल्याइएको औषधि र स्वास्थ्य उपकरण, पोर्टेबल पिसिआर मेसिन वितरण गर्ने निर्णय गरेको हो।
चीनबाट पाँच थान पीसीआर मेसिन आइपुगेको छ। हाल चार प्रदेशमा १/१ थान पठाउने निर्णय भएको छ।
मागलाई ध्यानमा राखेर प्रदेश दुई, प्रदेश पाँच (नेपालगञ्ज वा बुटवलमा रहनेगरी) कर्णाली प्रदेश (सुर्खेतमा रहनेगरी), सुदूरपश्चिम प्रदेशमा गरि १–१ थानका दरले चार थान तत्काल पठाइहाल्ने निर्णय गरेको सचिव नारायण बिडारीले जानकारी दिए।
बाँकी एउटा काठमाडौंमा राख्ने र जहाँ आवश्यक पर्न सक्छ पठाउने निर्णय भएको बिडारीको भनाइ छ। ‘धरानमा सुरु भइसकेकाले त्यसैबाट काम सुरु हुन्छ’, उनले भने, ‘अन्य स्थानमा आवश्यकताअनुसार सुरु गरिनेछ।’
यो पठाउने क्रममा एक हजार थान औषधि, उपकरण पठाउने निर्णयसमेत भएको उनले जानकारी दिए। त्यसैगरी अन्तर्राष्ट्रिय उडानलाई थप वैशाख ३ अर्थात् अप्रिल १५ तारिखसम्मका लागि स्थगित गरेको छ।
यसअघि प्रधानमन्त्री केपी ओलीले चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्दै सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १८ गतेसम्म स्थगित गर्ने निर्णय सुनाएका थिए।। ओलीले अत्यावश्यक बाहेक चैत ९ देखि २१ गतेसम्म सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गरेका थिए। सरकारले चैत ११ गते भने ‘लकडाउन’को निर्णय गरेको थियो।
समिति बैठकमा सहभागी मन्त्रीले लकडाउन एकसातासम्म थप्नुपर्ने प्रस्ताव गरेका छन्। यो विषयको टुंगो केही बेरमा बस्ने मन्त्रीपरिषद् बैठकले लगाउने छ।
त्यसैगरी बैठकले भारतीय सीमा क्षेत्रमा रहेका नेपालीको अझै वोर्डरमा रहेको सूचना रहेकोले स्थानीय तहलाई निवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिने निर्णयसमेत गरेको छ।
सँगै विदेशमा रहेका विद्यार्थीका सवालमा सम्बन्धित विद्यार्थीका अभिभावकमार्फत नेपाल राष्ट« बैंकले खर्च पठाउनसक्ने व्यवस्था गर्ने विषयमा समेत निर्णय भएको छ।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...