ताजा समाचार

काठमाडौंका दुई अस्पतालमा ३ जनाको मृत्यु, कोरोना परीक्षण हुँदै

काठमाडाैँ ।  स्वास्थ्य मन्त्रालयले सोमबार पाटन र वीर अस्पतालमा मृत्यु भएका तीनै जनाको नमूना संकलन गरी परीक्षणको काम भइरहेको जनाएको छ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षण रिपोर्ट आएपछि जानकारी दिने बताएका हुन्।

उनका अनुसार मृतक तीनमध्ये १ जना भारतीय नागरिक रहेका छन्। पाटन अस्पतालमा ३६ वर्षीय पुरुषको मृत्यु भएको हो। त्यस्तै वीर अस्पतालमा भने एक जना नेपाली र अर्का एक जना कालीमाटी बस्दै आएका भारतीय नागरिकको मृत्यु भएको हो। वीरमा निधन भएका एक जना ब्लडप्रेसर र डायभिटिजका बिरामी रहेको मन्त्रालयको भनाइ छ।

प्रदेशमा ९३ जनालाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको मन्त्रालयले जनाएको छ। उनीहरुमध्ये १७ जनाको नमूना संकलन भएको छ। आजै बुटवलमा मृत्यु भएका ३४ वर्षीय पुरुषको रिपोर्ट कोरोना नेगेटिभ आएको थियो।

यसैबीच, सरकारले नमूना परीक्षणको दायरा फराकिलो पारेको जनाएको छ। स्वास्थ्य सामग्रीहरुमध्ये प्रदेशमा वितरण समेत सुरु भएको मन्त्रालयले जनाएको छ।

आजै सुर्खेत र विराटनगरमा विमानबाट मास्क र पीपीईलगायत पठाइएको छ भने धरानमा नमूना परीक्षण सुरु भइसकेको जनाएको छ। आज धरानमा ६ वटा परीक्षण भइरहेको पनि मन्त्रालयको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org