ताजा समाचार

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं । उपचारका क्रममा पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा मृत्यु भएका युवकको कोरोना भाइरस (कोभिड १९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार अस्पताल भर्ना भएका युवाको राति नै उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

केही दिन अगाडि भारतबाट आएर धादिङस्थित गाउँमा बस्दै आएका उनी ज्वरो आएपछि पाटन अस्पताल आइपुगेका थिए ।

पाटन अस्पताल स्रोतका अनुसार उनी मिर्गौलाको समस्याबाट पीडित थिए । अस्पताल भर्ना हुँदासम्म हिँडडुल गर्न सक्ने अवस्थामा रहेका उनको भर्ना भएकै राति उपचारका क्रममा मृत्यु भएको थियो ।

मृत्यु भएपछि कोरोना संक्रमणको आशंकामा उनको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले उपचारका क्रममा मृत्यु भएका युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org