ताजा समाचार

कोरोना संक्रमितको ‘कन्ट्रयाक ट्रेसिङ’ सकिन लाग्यो

काठमाडौं । कोरोनाभाइरस संक्रमणको आशंकामा भर्ना भएका ८७ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१० जना काठमाडौं र ७७ जना प्रदेशमा आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

टेकु अस्पतालमा कोरोनाको आशंकामा १० जना भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

“आजसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना आशंकामा एक हजार ६० जनाको कोरोना परीक्षण भएको छ,” उनले भने,“काठमाडौं बाहिरका प्रदेशमा ७७ जना विभिन्न अस्पतालको आइसोलेनमा भर्ना भएका छन् ।”

२४ घण्टामा मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ मा एक हजार ८ सय ६ कलको गुनासो समाधान गरेको उनले बताए ।

उनले कोरोना संक्रमितको ‘कन्ट्रयाक ट्रेसिङ’ सकिनै लागेको जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित चारजनामध्ये दुईजनाका नजिकका सबैको ‘कन्ट्रयाक ट्रेसिङ’ सकिएको र बाँकी दुईजनाको पनि ८० प्रतिशत सकिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org