ताजा समाचार

कोरोना कोषमा नेपाल आयल निगमको ५० करोड

काठमाडाैँ । पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकार कायम गरेको सरकारी संस्थान नेपाल आयल निगमले कोरोना रोकथाम उपचार तथा राहत कोषमा अहिलेसम्मकै सर्वाधिक रकम जम्मा गरेको छ ।

संघीय सरकारले ५० करोड रुपैयाँ राखेर सुरु गरेको कोषमा अहिलेसम्म अन्य निकायबाट ७२ करोड रुपैयाँभन्दा बढीको रुपैयाँ जम्मा भएको छ । जसमा नेपाल आयल निगमको तर्फबाट मात्रै ५० करोड रुपैयाँ सहयोग गरिएको छ ।

निगमले ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ । एउटै निकायबाट अहिलेसम्म अधिकतम २ करोड रुपैयाँ जम्मा गरिएकोमा आयल निगले मात्रै ५० करोड रुपैयाँ उलब्ध गराएको हो ।

बुधबार बसेकोको निगमको सञ्चालक समितिको बैठकले सरकारी कोषमा ५० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org