ताजा समाचार

कोरोना कोषमा एकै दिन ८४ करोड जुट्यो , एक अर्ब ९ करोड रुपैयाँ जम्मा

काठमाडाैँ । सरकारले स्थापना गरेकाे  कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा  एक अर्ब बढी रकम जम्मा भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार बिहीबार साँझ सम्ममा कोषमा एक अर्ब ९ करोड २५ लाख २२ हजार ५ सय ८६ रुपैया जम्मा भएको छ।  कोषमा बिहिबार मात्रै ८४ करोड करोड ५१ लाख ५० हजार १ सय २४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

कोषमा नेपाल आयल निगमले ५० करोड  र  नेपाल दुरसञ्चार प्राधिकारणले १५ करोड रकम जम्मा गरेको छ।  त्यस्तै कर्मचारी संचयकोष, नेपाल धितोपत्र बोर्ड र निक्षेप तथा कर्जा सुरक्षण कोषले  तीन–तीन करोड रुपैयाँ जम्मा गरेका छन। त्यस्तै नेपाल स्टक एक्चेन्जले ३ करोड ५१ लाख जम्मा गरेको छ भने नागरिक लगानीकोषको तर्फबाट २ करोड रुपैयाँ जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

कोषमा नेपाल पुनर्वीमा कम्पनीले एक करोड १ लाख ११ हजार  दिएको छ । एनएमबी बैंकले १ करोड, ५१ लाख, प्रभु बैंकले १ करोड एक लाख, नेपाल ईन्भेष्टमेन्ट बैंकले १ करोड रुपैयाँ जम्मा गरेको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org