ताजा समाचार

नेकपा सचिवालय बैठक बोलाउन प्रवक्ता श्रेष्ठको माग

काठमाडौं । सत्तारुढ दल नेकपाका सचिवालय सदस्यसमेत रहेका प्रवक्त नारायणकाजी श्रेष्ठले पार्टीको बैठक बोलाउन माग गरेका छन् ।

प्रवक्ता श्रेष्ठले आफूले पार्टीका दुबै अध्यक्षलाई भेटेर बैठक राख्ने विषयमा कुराकानी गरेको समेत जानकारी दिए ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता श्रेष्ठले अहिलेको सन्दर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालय बैठक बस्नुपर्ने उल्लेख गरेका छन् । उनले शिघ्र पार्टीको बैठक बस्ने विश्वास गर्दै बस्नै पर्ने उल्लेख गरेका छन् ।

आवश्यक पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समितिको बैठक बसेकोले सचिवालय बैठक स्वास्थ्य प्रोटोकललाई ध्यान दिँदै बस्नु पर्ने उनको माग छ ।

हो,मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु।दुवै अध्यक्ष कमरेडहरुलाई अनुरोध गरेकोछु।
आवश्यकता पर्दा मन्त्रीपरिषद र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ।आजको सदर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ। त्यसैले शिघ्र बैठक बस्ने बिश्वास छ,बस्नै पर्छ।

विषम परिस्थितिमा पनि सत्तारुढ दलको बैठक नबसेको भन्दै आलोचना भइरहेको छ ।

स्वास्थ्य सामाग्री आयातमा भ्रष्टाचार भएको भन्दै नेकपाकै कतिपय नेताले बैठकको माग गरेका छन् । वरिष्ठ नेता झलनाथ खनालले पनि सचिवालय बैठक बस्नुपर्ने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org