ताजा समाचार

कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो

एजेन्सि । कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ।

अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ।  त्यस्रतै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ। स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ।

इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ६ पुगेको छ।  १२ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। त्यस्तै, २ लाख ४६ हजार १ सय ८ जना उपचारपछि निको भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org