ताजा समाचार

सरकार असफल बनाउन भ्रष्टाचारको बेमौसी बाजा बजाएः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संकटका बेलामा सरकारलाई असफल बनाउन भ्रष्टाचारको गलत आरोप लगाइएको बताएका छन्।

मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन्। ‘भ्रष्टाचार र अनियमिताको आरोप सरकारलाई असफल देखाउन र आफ्नो निहीत स्वार्थ पूरा गर्न गरिने प्रयास बेमौसमी बाजा मात्रै हो’, उनले भने, ‘कामै गर्न नदिने गरी निराधारा आरोप लगाउनु हुँदैन। मिडिया र सामाजिक सञ्जालमा आउने टिप्पणीमा मेरो ध्यान गएको छ।’ उनले भ्रष्टाचार भएको देखिए सरकार निर्मम बनेर कारवाहीका लागि तयार रहेको उनले सुनाए ।

‘भ्रष्टाचारजन्य कुरा देखिएमा सरकार निर्ममतापूर्वक कारवाही गर्न तयार छ’, उनले भने, ‘सरकारका काम विवादमा आउनु हुँदैन। सुशानका मानकमा प्रश्न उठनु हुँदैन। तर सरकारलाई असफल बनाउने नाममा नभएका कुरा कसैले उछाल्नु गलत हो।’ प्रधानमन्त्री ओलीले अहिले खेलेको भूमिकालाई इतिहासले मूल्यांकन गर्ने जिकिर गरे। ‘हामीले के भूमिका खेलेका थियौँ भन्ने इतिहासले मूल्यांकन गर्ने छ’, उनले भने, ‘अरु छलफल र कामहरु त स्थिति सामान्य भएपछि गरौँला। अहिलेलाई सबैजना यो महामारीविरुद्ध होमिनु जरुरी छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org