ताजा समाचार

थर्मल गनमा कालोबजारी गर्ने शंकर ग्रुपका सञ्‍चालक अग्रवाल पक्राउ

काठमाडाैँ । शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ परेका छन्।

उनलाई कोरोना परीक्षण गर्ने इन्फ्रारेड थर्मल गन कालोबजारीमा बिक्रि गरेको आरोपमा प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो।

५ हजारमा पाइने उपकरण १५ हजारमा बिक्रि गरेको आरोपमा नक्सालबाट पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए।

उनको साथबाट ६६ थान थर्मल गन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

किर्गिस्तानको अवैतनिक राजदूत रहेका अग्रवालले सोहि हैसियतमा कूटनीतिक सुविधा पाउने गाडी प्रयोग गरी ती सामान कालोबजारी गरेको प्रहरीले जनाएको छ।

२०९ एचसीसी १ नम्बरको गाडीमा थर्मल गन बेच्दै हिडेको अवस्थामा महाशाखाले फेला पारेको हो।

गतसाता नेपाल वायुसेवा निगमको वाइडबडी जहाज प्रयोग गरी केहि व्यापारीले चीनबाट सामग्री ल्याएका थिए।

सोहि जहाजमा शंकर ग्रुपले पनि स्वास्थ्य सामग्री ल्याएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org