ताजा समाचार

लकडाउनको १६ दिन : देशभर १ सय ३४ जना आइसोलेसनमा

काठमाडौं । कोरोना भाइरसको लक्षण देखिएका १ सय ३४ जना आइसोलेसनमा रहेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उपत्यकामा १२ जना र उपत्यका बाहिर १ सय २२ जना आइसोलेसनमा रहेको बताए।

यस्तै देशभर ८ हजार ५ सय ८० क्वारेन्टाइनमा रहेका छन्।

नेपालमा हालसम्म ९ जनामा भाइरस देखिँदा १ जना उपचार पछि डिस्चार्ज भएका छन्।

देवकोटाका अनुसार हाल विद्यमान रहेका ८ वटा केसका सम्पूर्ण कन्ट्र्याक्ट ट्रेसिङ सम्पन्न भएको छ। ८ जनामा ७ जना विदेशबाट आएका हुन भने एकजनामा लोकल ट्रान्समिसन भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org