ताजा समाचार

नेपालमा देखियो अरू तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

काठमाडाैँ । नेपालमा थप तीन जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ।

हेटौंडाकाे प्रयाेगशालामा परीक्षण गरिएका नमुनामध्ये तीनवटामा कोरोना भाइरस देखिएकाे बागमती प्रदेशका एक मन्त्रीले पुष्टि गरेका छन्।

उनका अनुसार वीरगन्जबाट ल्याइएका तीन बिरामीकाे (स्वाब) हेटौंडा-१० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रस्थित प्रयाेगशालामा जाँच गर्दा पोजिटिभ देखिएकाे थियाे।

तर थप प्रस्टताका लागि नमुना पुन: काठमाडौंकाे टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा पठाइएको र त्यहाँ पनि काेराेना पोजिटिभ नै देखिएकाे ती मन्त्रीले पुष्टि गरे।

‘हामीले प्रदेशबाट सार्वजनिक गर्ने तयारी गरेका थियौं,’ आइतबार बिहान ती मन्त्रीले  भने, ‘केन्द्र सरकारले स्वास्थ्य मन्त्रालयबाट सार्वजनिक गर्छौ भनेपछि शनिबार रोकिएकाे हाे।’

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेपछि यसबारे विस्तृत विवरण आउने अपेक्षा गरिएकाे छ।

यद्यपि पर्सा जिल्ला प्रशासन स्राेतले बताएअनुसार ती तीनै जना भारतीय नागरिक हुन्।  जसलाई पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org