ताजा समाचार

कोरोनाबाट कुन देशमा कतिको मृत्यु, कति संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या एक लाख ५ हजार ७ सय २८ पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार १७ लाख २७ हजार ६ सय २ संक्रमित भइसकेका छन् । चीनबाट सुरु भएको यो महामारी पछिल्लो समय अमेरिका र युरोपका केही देशमा तीव्र रुपमा फैलिएको छ ।

अमेरिकामा एकै दिन २ हजारको समेत मृत्यु भएको छ । महामारी कारण एकै दिन यति धेरै संख्यामा मानिसको मृत्यु हुनु यही पहिलो घटना हो । कोरोनाबारे अपडेट गराउँदैआएको वेबसाइट ‘वल्र्डोमिटर्स डट इन्फो’का अनुसार हालसम्म संसारभर ३ लाख ९० हजार ६ सय ३९ जनाको उपचार भइसकेको छ ।

साथै ५० हजार २ सय ७१ संक्रमित गम्भीर अवस्थामा छन् । सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायत देश छन् । यस्तै पछिल्लो समय भारतमा पनि तीव्र रुपमा संक्रमितको संख्या बढ्न थालेको छ ।

कुन देशमा कति ?

अमेरिका

संक्रमित : ५ लाख ६ हजार ८
मृत्यु : १९ हजार ६ सय ६६
उपचार : २८ हजार २ सय १०
गम्भीर : १० हजार ९ सय ४७

स्पेन

संक्रमित : १ लाख ६१ हजार ८ सय ५२
मृत्यु : १६ हजार ३ सय ५३
उपचार : ५९ हजार १ सय ९
गम्भीर : ७ हजार ३ सय ७१

इटाली

संक्रमित : १ लाख ४७ हजार ५ सय ७७
मृत्यु : १८ हजार ८ सय ४९
उपचार : ३० हजार ४ सय ५५
गम्भीर : ३ हजार ४ सय ९७

फ्रान्स

संक्रमित : १ लाख २४ हजार ८ सय ६९
मृत्यु : १३ हजार १ सय ९७
उपचार : २४ हजार ९ सय ३२
गम्भीर : ७ हजार ४

जर्मनी

सक्रमित : १ लाख २२ हजार ८ सय ५५
मृत्यु : २ हजार ७ सय ३६
उपचार : ५३ हजार ९ सय १३
गम्भीर : ४ हजार ८ सय ९५

चीन

संक्रमित : ८१ हजार ९ सय ५३
मृत्यु : ३ हजार ३ सय ३९
उपचार : ७७ हजार ५ सय २५
गम्भीर :  १ सय ४१

युके

संक्रमित : ७८ हजार ९ सय ९१
मृत्यु : ९ हजार ८ सय ७५
उपचार : ३ सय ४४
गम्भीर : १५ सय ५९

इरान

संक्रमित : ७० हजार २९
मृत्यु : ४ हजार ३ सय ५७
उपचार : ४१ ह्जार ९ सय ४७
गम्भीर : ३ हजार ९ सय ८७

टर्की

संक्रमित : ४७ हजार २९
मृत्यु : १ हजार ६
उपचार : २ हजार ४ सय २३
गम्भीर : १ हजार ६ सय ६७

भारत

संक्रमित : ८ हजार ६३
मृत्य’ : २ सय ४९
उपचार : ७ सय ७४

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org