कोरोना संक्रमित प्रशिद्धीको सुझाव–आत्मबल बढाउनूहोला
काठमाडौं । विश्वमा कोरोनाभाइस (कोभिड १९)को महामारी बढी रहेको छ । नेपालमा हालसम्म ३० जनामा कोभिड १९ को संक्रमण देखिइसकेको छ ।
तर पहिलो कोरोना संक्रमित ३२ वर्षका पुरुष गत माघमै निको भएर घर फर्किइसकेका छन् भने दोस्रो कोरोना संक्रमण देखिएकी काठमाडौंकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ पनि कोभिड १९ संक्रमणलाई जितेर आज घर फर्किएकी छन् ।
उनी गत चैत ९ गते अस्पतालमा कोभिड १९ को संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।
उनी शनिबार २७ दिनमा कोभिड १९ पूर्णरुपमा निको भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्र्चाज भइन् । डिस्र्चाज हुँदै गर्दा उनले सञ्चारमाध्यममा आफ्नो अनुभव यसरी सेयर गरिन् ।
…
गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिएँ । नेपाल आएर आफ्नोे घरमा सेल्फ आइसोलेसनमा बसेकी थिएँ । सेल्फ आइसोलसनमा बसेको चौथो दिन भियतनामको साथीले आफु कोभिड १९ संक्रमण देखिएको बताइन् । ति साथीले भनेपछि कुनै लक्षण नदेखिए पनि परीक्षणका लागि टेकु अस्पताल आएको थिएँ ।
दुईदिनपछिको कोरोना परीक्षणको रिपोर्ट आउँदा मेरो रिपोर्टमा कोभिड १९ पोजेटिभ (मलाई कोरोना संक्रमण भएको रहेछ) देखियो । नेपालको दोस्रो कोभिड १९ को संक्रमित म पनि भएँ ।
तर त्यति बेलासम्म घरमै थिएँ । मलाई लिन एम्बुलेन्स अस्पतालले पठाएको थियो । अस्पताल एम्बुलेन्समा आएँ । अस्पतालमा रहनुभएको मलाई चिकित्सक र नर्सहरुले ‘चिन्ता नलिनु केही हुँदैन’ भन्नु भएको थियो ।
अस्पताल भर्ना भएको एक–दुई दिनपछि मात्र कोभिड १९ को लक्षण देखिन थालेको थियो । लक्षणमा श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने, थकाई बढी लाग्ने र पेट दुख्ने समस्या देखिएको थियो ।
हरेक दिन नर्स र चिकित्सकहरुले आत्मबल बढाउनुपर्छ केही हुँदैन भन्नुहुन्थ्यो ।
म सेल्फ आइसोलेसनमा बसेको हुँदा मेरो परिवारको कोभिड परीक्षण रिपोर्ट पनि चेक भयो । त्यो सबै नेगेटिभ देखियो भने अन्य मानिसहरुमा यो सर्न पाएन । सेल्फ आइसोलेसनमा महत्वपूर्ण रहेको सबैले बुझ्नु परेको देखिन्छ ।
यदि विदेशबाट आएको हुनुहुन्छ भने अनिवार्यमा कोभिड परीक्षण गर्नुहोला भन्न चाहन्छु । अन्य संक्रमितहरुलाई अनुशासित भएर बस्नुहोला, मेरो पनि धेरै परीक्षणपछि कोभिड १९ नेगेटिभ देखिएको हो ।
यसको लक्षण चाहिँ मनलाई अत्याउने खाले नै हुँदो रहेछ । सबै कोभिड १९ देखिनु भएकाहरुलाई के अनुरोध गर्छु भने लक्षण बेला बेला डरलाग्दो देखिए पनि आत्मबल बढाउनूहोला ।
अरु बिरामीको उपचारका लागि आफू प्लाज्मा दान गर्न तयार छु । कोभिड १९ को संक्रमितहरुलाई मैले गरेको प्लाज्माहरुले काम गरोस् भन्न चाहन्छु । आज अस्पताल भर्ना भएको २७ दिनमा अस्पतालबाट डिस्र्चाज भएको छु ।
कोरोना भाइरसबाट बच्न मास्क, पञ्जा लगाउन अनुरोध गर्दछु । म सेल्फ आइसोेलेसनमा बसेको हुँदा मेरो परिवारमा फैलन पाएन ।
तर धेरै मानिसहरुले सरकारको आइसोलेसनमा पुग्न नपाएकाहरुलाई सकेसम्म छिटो आइसोलेसनमा राख्न अनुरोध गर्दछु ।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...