ताजा समाचार

भारतबाट आएका कैलालीका २१ वर्षीय संक्रमित युवाको रिपोर्ट नेगेटिभ, आजै डिस्चार्ज हुने

काठमाडाैँ । कैलालीका कोरोना संक्रमितमध्ये एक युवा आइतबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन्।

भारतबाट आएका ती संक्रमित सेती प्रादेशिक अस्पतालमा उपचाररत थिए।

सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदीश जोशीले दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय ती युवालाई डिस्चार्जको तयारी गरिएको बताए।

‘उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएको छ। डिस्चार्जको प्रक्रियामा हुँदैछ’, डा. जोशीले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org