ताजा समाचार

महाकालीपारी धार्चुलामै आमाको किरियामा बसेका वासुदेवलाई नेपाल ल्याइयो

काठमाडौं । भारतीय क्षेत्र धार्चुलामै आमाका किरियामा बसेका नेपाली युवा वासुदेव भट्टलाई नेपाल ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारीअनुसार उनलाई आजै केहीबेरअघि नेपाल ल्याइएको हो ।

छोरा लकडाउनमा रहेका बेला दार्चुला शैल्यशिखर नगरपालिकाका भट्टकी आमाको निधन भएको थियो ।

भारतीय क्वारेन्टाइनमा बसेका भट्टलाई दुवैतर्फका प्रहरीको सहयोगमा दत्तुस्थित झोलुंगे पुलको ढोका खोलेर नेपाल प्रवेश गराइएको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी दिपेन्द्र शाहीले भट्टलाई नेपाल ल्याइएको जानकारी गराए ।

नेपालमा रहेकी आमाको निधन भए पनि उनलाई नेपाल आउन दिइएको थिएन । गृह मन्त्रालयले केहीदिनदेखि पहल गरे पनि भारतीय पक्षले भने ढोका खोल्न मानेको थिएन

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org