ताजा समाचार

राष्ट्रपतिद्वारा पार्टी विभाजनसम्बन्धी अध्यादेश जारी

अध्यादेश जारी भएसँगै पार्टी फुटाउन सजिलो

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी र राजनीतिक दल सम्बन्धी दुई अध्यादेश जारी गरेकी छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै पार्टीको केन्द्रीय समिति वा संसदीय दलका ४० प्रतिशत सदस्यले पार्टी विभाजन गर्नसक्ने प्रावधान सहितको अध्यादेश ल्याउने निर्णय गरी राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले राष्ट्रपतिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेको जानकारी दिएका छन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org