ताजा समाचार

टेकु अस्पतालमा उपचाररत धादिङका युवा निको भए, आज डिस्चार्ज हुँदै

काठमाडाैँ । टेकु अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड १९) का एक संक्रमित युवा आज (बुधबार) डिस्चार्ज हुने भएका छन्।

युएईबाट आएका धादिङका ३२ वर्षीय युवा निको भएपछि अस्पतालले उनलाई घर पठाउने तयारी गरेको हो।

ती युवालाई आज डिस्चार्जको तयारी रहेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए।

‘अस्पतालमा रहेका एकजना संक्रमित पनि सञ्चो (निको) भएका छन्। उनीको पनि अहिले केहीबेरमा डिस्चार्ज हुन्छ,’ डा. राजभण्डारीले नेपालखबरसँग भने।

यही चैत ६ गते एयर अरेबियाको विमानबाट उनी काठमाडौँ आएका थिए। त्यसपछि उनी काठमाडौँकै होटेलमा बसेका थिए।

उनमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको हो। त्यसपछि उनी अस्पतालको आइसोलेसनमा उपचाररत थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org