ताजा समाचार

नेपालमा थपिए कोरोनाका तीन बिरामी, संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन्।

‘बीपी प्रतिष्ठानको ल्याबमा पिसिआर परीक्षण गर्दा २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुषमा कोरोना देखिएको हो’, उनले भने, ‘यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ।’ संक्रमित हुनेहरू उदयपुरको भुल्केकै रहेको बताइएको छ। यससँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २७ पुगेको छ।   ४५ कोरोना संक्रमितमध्ये अहिलेसम्म ७ जना निको भएर घर फर्किएका छन्।

पछिल्लो पटक धनगढीको सेती अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट दुईजना बिरामी बुधबार डिस्चार्ज भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org