ताजा समाचार

उच्च स्तरीय समन्वय समितिको वैठक बस्दै, लकडाउनको मोडालिटीका बारेमा छलफल हुने

एजेन्सि ।  कोरोना रोकथामका लागि गठित नोभल कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको वैठक आज बस्ने भएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको वैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा बस्ने जानकारी पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले सेतोपाटीलाई दिएका हुन्।

वैठकले कोरोनाका कारण देशमा जारी लकडाउनको मोडालिटीका बारेमा छलफल गर्नेछ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे गृहकार्य गर्न उच्चस्तरिय समन्वय समितिलाई निर्देशन दिएका थिए।

उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने र उसले दिएको सुझावका आधारमा मन्त्रिपरिषदको बैठकले अन्तिम निर्णय लिनेछ।

मन्त्रीपरिषद्को वैठक आज या भोलि बस्ने बताइएको छ।

देशमा एकमहिनादेखि जारी लकडाउनको पछिल्लो समयसीमा सोमवार सकिदैंछ।

कोरोनाको पछिल्लो विवरण अनुसार लकडाउन केही खुकुलो पार्ने तयारीमा सरकार रहेको बताइन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org