ताजा समाचार

तिलगंगामा ड्युटीमा खटिएकी प्रहरी जवानलाई कारले दियो ठक्कर

काठमाडाैं । तिलगंगामा  कारले ड्युटीमा खटिएकी प्रहरी जवानलाई ठक्कर दिएको छ ।

कारको ठक्करबार ट्राफिक प्रहरी जवान राधा चन्द घाइते भएकी छन् ।

शनिबार साँझ बा२१च ८५३० नम्बरको कारले ट्युटीमा खटिएकी प्रहरी जवानलाई ठक्कर दिएर घाइते बनाएको हो । घाइते उनलाई अहिले उपचारका लागि बिएण्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।  प्रहरीले कारका चालक विक्रम राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । दुर्घटनाबारे कुनै कारण खुलेको छैन् । यद्यपी प्रहरी जवान चन्दको खुट्टा फ्याक्चर भएको आशंका गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org