ताजा समाचार

नेकपा सचिवालय बैठक सुरु, प्रचण्डको आसन फेरियो

काठमाडौं । नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरअघि सुरु भएको हो । बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए भने प्रधानमन्त्री र राष्ट्रपतिबीच समेत भेटवार्ता भएको थियो ।

यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनापछिको प्रधानमन्त्री बामदेव गौतमलाई बनाउने र तेस्रो अध्यक्ष माधव कुमार नेपाललाई बनाउने प्रस्ताव गरेका थिए । योसहित पार्टीभित्रका विवाद समाधानका विषयमा गम्भीर छलफल बैठकमा हुने बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटै लहरमा कुर्सीको व्यवस्था गरिएको छ । यसअघिका बैठकहरुमा प्रचण्डलाई अरु नेताहरुसँगै राखिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org