अभिभावक र विद्यार्थी विद्यालय आउनु नपर्ने गरी भर्ना प्रक्रिया अगाडि बढाउँछौँ : शिक्षामन्त्री
काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १ देखि ९ सम्मको नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया यही वैशाख २६ गतेबाट सुरु हुने बताएका छन्।
मन्त्री पोखरेलले सकभर भर्नाका लागि अभिभावक र विद्यार्थी विद्यालय आउनु नपर्नेगरी भर्ना अभियान सञ्चालन गर्ने बताए।
मन्त्री पोखरेलले कक्षा १ देखि ९ सममको परीक्षा कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी (लकडाउन) सुरु हुनुअगावै सम्पन्न भइसकेको र कतिपय विद्यालयले नतिजासमेत प्रकाशित गरेका कारण उनीहरुलाई कक्षा चढाउनका लागि भर्ना अभियान सुरु गर्ने बताए।
‘कक्षा १ देखि ९ को परीक्षा सकिसकेको छ, यो बन्दाबन्दीको अवधिमा रिजल्ट निकालीसकौँ भनेर मैले भन्दै आइरहेको छु’, नेपालखबरसँग कुरा गर्दै मन्त्री पोखरेलले भने, ‘उनीहरुलाई कक्षा चढाउनका लागि सकभर विद्यालय आउनुनपर्ने गरी टेलिफोन, अनलाइन, मोबाइल र सामाजिक दूरी कायम गर्दै भर्ना प्रक्रिया अगाडि बढाउने गरी तयारी गरेका छौँ।’
मन्त्री पोखरेलले संक्रमणको अहिलेको अवस्था हेर्दा गाउँ गएको मान्छे काठमाडौँमा फर्कने अवस्था नरहेको र सुरक्षाको ग्यारेन्टी नहुने बेलासम्म उनीहरुलाई फर्कन पनि नहुने बताए। उनले यही अप्ठ्यारोलाई हल गर्न टोलिफोन, अनलाइन र मोबाइलमार्फत भर्ना गर्न सकिने व्यवस्था मिलाएको बताए।
उनले भर्ना प्रक्रिया सुरु भए पनि तत्काल नरोकिने र पढाइ पनि तत्काल सुरु नहुने भएका कारण नआत्तिन अभिभावक तथा विद्यार्थीहरुलाई अनुरोध समेत गरे।
उनले संक्रमणको चरित्रअनुसार सरकारले थप निर्णय गर्ने बताए। उनले अहिले यसलाई जोडतोडकासाथ अगाडि बढाउनका लागि नभई विपद्सँग गाँसिएर विस्तारै दिशाबोध गर्नका सञ्चालन गर्ने तयारी गरिएको बताए।
मन्त्री पोखरेलले परीक्षा नै नभएका कक्षा १०, ११ र १२ को परीक्षाका सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डले दिएको प्रतिवेदनमाथि पनि छलफल भइरहेको बताए।
‘१२ को परीक्षा तत्काल गर्नुपर्ने हुन्छ, ११ को केहि पछि गर्दा पनि हुन्छ’, उनले भने, ‘१० को परीक्षा के गर्ने भनेर अहिले छलफल भइरहेको छ।’ लकडाउनको अवधिमा न्युनतम सुरक्षाको पालना गर्नुपर्ने हुँदा तत्काल परीक्षा सञ्चालन गर्न नसकिने उनको भनाइ थियो।
Comments
अरु समाचार
-
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका...
-
दलका शिक्षकलाई बर्खास्त गर्न निर्देशन
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक/कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा...
-
ग्लोबल आइएमई बैंकको उच्चशिक्षा कार्यक्रमः भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा
काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक...
-
सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा एकमा अङ्ग्रेजी
काठमाडौं । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा...
-
विद्यार्थी कम भएका सामुदायिक विद्यालय समायोजन
काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयलाई समायोजन गरेको छ । गाउँ कार्यपालिकाको बैठकले विद्यार्थी सङ्ख्या न्यून...
-
विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन् ।...
-
प्रधानमन्त्री प्रचण्डको आह्वान– पढ्ने उमेरका सबै बालबालिकालाई विद्यालय पठाऔँ
काठमाडाैँ । आजदेखि विद्यालय भर्ना अभियान शैक्षिक सत्र २०८१ का शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छः प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपश्चिम...