ताजा समाचार

काठमाडौंमा तत्काल लकडाउन नखुल्ने, अन्य जिल्लाको मोडालिटी तयार हुँदै

काठमाडौं । सरकारले पुनः लकडाउन थप गर्ने तयारी गरेको छ ।

सिंहदबरबारमा सोमबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा केही दिन लकडाउन थप गर्न सकिने बिषयमा छलफल भएको हो । त्यस्तै लकडाउनले आर्थिक क्षेत्रमा पारेको असरका कारण यसलाई केही खुकुलो बनाएर जाने बिषयमा पनि छलफल भएको थियो ।

यसअघि सुरक्षा संयन्त्रले लकडाउन बढाउन समितिलाई सुझाव दिएको थियो । बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा भइरहेका कामको समीक्षा गर्दै आगामी रणनीतिका बारेमा छलफल भएको जानकारी दिए ।

उनले लकडाउन खोल्ने बिभिन्न मोडालिटीका बारेमा छलफल भएको र मंगलबार बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए । उनका अनुसार काठमाडौंमा तत्काल लकडाउन नखुल्ने र अन्य जिल्लामा खकुलो बनाउनेबारे तयारी भइरहेको छ । कोरोना नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । चरणबद्ध रुपमा थप गरिएको लकडाउन वैशाख २५ गते सकिँदैछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org