कर्णाली प्रदेश एक हप्ता सिल
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन कर्णाली प्रदेश सरकारले कर्णाली भित्रिने सबै नाका आगामी एक हप्ता सिल गर्ने निर्णय गरेको छ।
आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले कर्णाली प्रदेश छिर्ने सबै नाकाहरु सिल गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले जानकारी दिए।
‘सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमित बढ्न थालेपछि सरकारले आफ्नो प्रदेशमा त्यसको प्रभाव फैलिन नदिन यस्तो निर्णय गरेको हो,’ उनले भने।
उनका अनुसार बाँके, सल्यान, कैलालीको नाका भएर कर्णाली प्रवेश गर्ने नाकाहरुमा विशेष कडाई हुनेछ। सामाजिक विकास मन्त्री एवं प्रदेश स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलका अनुसार प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउने सरकारको तयारी छ।
‘प्रदेशका कुनै पनि जिल्ला प्रवेश गर्ने नाकामा कडाइ हुनेछ,’ उनले भने, ‘यही समयमा सरकारले प्रदेशका हरेक जिल्लाका पालिकाका केन्द्र, बजारहरूमा स्वाब संकलन गरी द्रुत परीक्षण पनि हुनेछ।’ नेपालमा अहिलेसम्म जम्मा ७५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भइसकेकाे छ। कर्णाली प्रदेशमा अहिलेसम्म एक जना पनि काेराेना भाइरसकाे संक्रमण देखिएकाे छैन।
Comments
अरु समाचार
-
प्रहरी असईले आफैँलाई गोली हाने
काठमाडौं । अछाममा प्रहरी सहायक निरीक्षक (असई) ले आफैँलाई गोली हानेका छन् । तुर्माखाद गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक किसनबहादुर...
-
कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्
काठमाडौं । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५...
-
कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
काठमाडौं । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन्भने त्यस्ता...
-
गण्डकीमा डेङ्गुबाट सातको मृत्यु
काठमाडौं । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
जुम्लाका दुई पाटनमा चट्याङ पर्दा ७५ भेडा मरे
काठमाडौं। जुम्लाका छुट्टा छुट्टै पाटनमा एकैदिन परेको चट्याङमा परी ७५ भन्दाबढी भेडा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिको चेप्टे पाटन...
-
कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री...