ताजा समाचार

लकडाउन कम्तीमा एकसाता कायम रहने, सङ्क्रमित नदेखिएका जिल्लामा अवस्था हेरेर खोल्ने तयारी

काठमाडौं । सरकारले कम्तीमा एकसाता लकडाउन कायम राख्ने तयारी गरेको छ ।

अहिलेसम्म सङ्क्रमित फेला नपरेका (ग्रिन जोन) जिल्लाहरूमा भने अवस्था हेर आवतजावत गर्न दिइने र आर्थिक क्रियाकलाप पनि गर्न दिइने सरकारको तयारी छ ।

“लकडाउन त कायम नै रहन्छ । सङ्क्रमित फेला नपरेका र सङ्क्रमण हुन खोजेका जिल्लाहरूमा खुकुलो बनाउने तयारी भइरहेको छ । यसबारेमा आज हामी उच्चस्तरीय समन्वयन समितिको बैठक बसेर थप मोडालिटी तय गर्छौँ,” कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले  भने ।

पोखरेलले सीमा अनिश्चितकालसम्म सीलबन्दी नै रहने बताए । भारतको सङ्क्रमण र मुलुकमै पनि सङ्क्रमित फेला पार्ने क्रम नरोकिएकोले सिमानामा कडाइ अत्यावश्यक भएको उनको ठहर छ ।

“भारतमा सङ्क्रमित दर बढेको बढ्छै छ । त्यसैले पनि भारततर्फ आउने र जाने विन्दुमा झन् कडाइ नगरे सङ्क्रमण रोक्न सकिँदैन भन्ने हाम्रो निष्कर्ष छ । सिमाना लामैसमयसम्म बन्द छ,” उनको भनाइ ।

उनले हवाइ उडान पनि तत्काल नखोलिने सङ्केत गरे । “यो सबै सङ्क्रमणको अवस्थाले निर्धारण गर्ने कुरा हो,” उनी भन्छन् ।

सोमबार उच्चस्तरीय समन्वय समितिसहित सीमसीको पनि बैठक बसेको थियो । त्यसमा तीनथरी सुझाव आएका थिए । स्वास्थ्यमन्त्रालयले हरियो, पहेँलो, रातो क्षेत्र छुट्टयाउने र त्यही अनुसार लकडाउनको मोडालिटी बदल्ने सुझाव दिएको थियो । रातो रङ लागेका क्षेत्रमा लकडाउन कायम राख्ने, पहेंलो र हरियो देखिएका क्षेत्र खुकुलो राख्ने स्वास्थ्य मन्त्रालयको सुझाव थियो ।

अर्थ मन्त्रालयले अर्थतन्त्र सङ्कटबाट जोगाउन आर्थिक गतिविधि गर्न दिनेगरी क्रमशः खुकुलो बनाउनुपर्ने सुझाव अघि सारेको थियो । सीएमसीले कतै खोल्ने, कतै कडा गर्ने गर्दा व्यवस्थापन गर्न गाह्रो हुने र सङ्क्रमण फैलने भय भएकाले लम्ब्याउने निष्कर्ष निकालेको थियो ।

आज बस्ने उच्चस्तरीय समितिले विस्तृतमा खाका तयार पार्ने र बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने पोखरेलले जानकारी दिए । नेपालमा हालसम्म ८२ जना सङ्क्रमित पुगेका छन् । नेपालगञ्जमा मङ्गलबार मात्रै ७ जना सङक्रमित थपिएका छन् । उदयपुरपछि नेपालगञ्ज उच्च जोखिमको क्षेत्र बनेको छ ।

अहिलेसम्म २१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा छन् । १ सय ६ जना आइसोलेसनमा छन् भने १६ जना । ८२ जना सङ्क्रमित फेला परेका मध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org