ताजा समाचार

एक करोड ४३ लाखको गाडी किन्दै पानी जहाज कार्यालय

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानी जहाज कार्यालय एकान्तकुना ललितपुरले एक करोड ४३ लाख ९८ हजार रुपैयाँ खर्च गरी गाडी किन्ने तयारी गरेको छ।

गत फागुन ८ गते गाडी खरिदका लागि कार्यालयले सूचना निकालेको थियो।

इ-विडमार्फत् दर्ता भएका बोलपत्रमध्ये नयाँ नैकापमा रहेको सिप्रदी ट्रेडिङ प्रालि गाडी खरिदका लागि छनोटमा परेको छ।

मूल्य अभिवृद्धि करसमेत गरी एक करोड ४३ लाख ९८ हजार रुपैयाँ खर्चेर कार्यालयले गाडी लिन लागेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org