ताजा समाचार

नेपालमा एकै पटक १७ जना कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं  । नेपालमा एकैपटक १७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिएका हुन्।

देवकोटाले कोरोना पुष्टि भएकाहरुमा २ महिनादेखि ६४ वर्षकासमेत रहेको जानकारी दिएका छन्। डा. देवकोटाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट १० जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। उनका अनुसार हालसम्म २२ जना कोरोना संक्रमित निको भएका छन्। पछिल्लो पटक विराटनगरबाट ६ जना भारतीय जमातीहरु निको भएर बुधबार डिस्चार्ज भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org