ताजा समाचार

नेपालमा थपिए सातजना कोरोनाका बिरामी, जम्मा संक्रमित १०९ पुग्यो

काठमाडौं । उदयपुर, पर्सा र कपिलवस्तुमा सातजना कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३/३ जना कोरोना संक्रमित भेटिएका छन्।  त्यसैगरी पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन्।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अञ्‍चल अस्पताल बिराटनगरको ल्याबमा गरिएको परीक्षणमा नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन्।

अधिकारीका अनुसार उदपयुरमा भेटिएका नयाँ संक्रमित त्रियुगा नगरपालिका-३ भुल्केकै हुन्। उनीहरु १८, ४५ र ६५ वर्षका महिला हुन्। त्यस्तै पर्साको छपकैयामा नै फेरि ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।  उता यसअघि दुईजना कोरोना संक्रमित भेटिएको कपिलवस्तुमा थप तीजना संक्रमित भेटिएका छन्। अधिकारीका अनुसार  उनीहरु एकजना १७ वर्षका पुरुष हुन् भने दुईजना १८ वर्षीय पुरुष नै हुन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org