ताजा समाचार

स्वाब संकलन गर्न हेलिकप्टरबाट स्वास्थ्यकर्मी डोल्पामा

काठमाडाैँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट डोल्पामा स्वास्थ्यकर्मी पठाइएको छ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका एक ६२ वर्षीय पुरूपमा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि शनिबार हेलिकप्टरमा स्वास्थ्यकर्मी पठाइएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पित्रिभक्त गिरीले डोल्पाका स्वास्थ्यकर्मी अन्यौलमा परेकोले सुर्खेतबाट थप स्वास्थ्यकर्मी बोलाउनु परेको बताए।

‘क्वारेन्टाइनमा रहेका एक जनाको आरडिटी गर्दा पहिले पोजेटिभ देखियो। राति पुनः आरडिटी गर्दा नेगेटिभ देखियो। अन्तिम जाँच गर्न सुर्खेतबाट स्वास्थ्यकर्मी बोलाइएको छ,’ उनले भने।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले गाउँपालिकाले नै खरिद गरेको किटबाट परीक्षण गर्दा स्वास्थ्यकर्मी अन्यौलमा परेको बताइन्।

‘गाउँपालिकाले खरिद गरेको किटबाट टेस्ट गर्नुभएको रहेछ। त्यसक्रममा देखिएको रिजल्टमा स्वास्थ्यकर्मी नै अन्यौलमा पर्नुभयो,’ उनले भनिन्।

दुनैबाट गएको स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्दा ती पुरूपमा आरडिटी नेगेटिभ देखिएको थियो।

हेलिकप्टरमा गएका स्वास्थ्यकर्मीले ६२ वर्षीय पुरूषसहित पाँच जनाको स्वाब संकलन गरी सुर्खेत ल्याउने र पिसिआर परीक्षण गरिने उनले जानकारी दिइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org