ताजा समाचार

नेपालमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

काठमाडाै‌ं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कपिलवस्तुको यशाेधरा गाउँपालिकाका १८ वर्ष देखि ३४ वर्षका पुरुषमा कोरोना देखिएकाे छ।

सबै जनालाई अस्पताल लैजाने तयारी भएकाे मन्त्रालयले जनाएकाे छ।  संक्रमितमध्ये हालसम्म ३३ जना उपचारपछि डिस्जार्च भएका छन्।  वीरगञ्जमा २७, नेपालगञ्जमा २४, विराटनगरमा १९, रुपन्देहीमा १६ र भरतपुरमा १ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org