ताजा समाचार

नेपालमा एकै पटक थपिए ५७ जना कोरोना संक्रमित,

संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं । नेपालमा एकै पटक ५७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

थपिएका सबैजना संक्रमित पुरुष छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका हुन्। स्वास्थमन्त्रालयका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीकाे निगरानीमा छन्।

यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। नेपालमा भेटिएकामध्ये हालसम्म ३० जनाभन्दा धेरै निको भएर घर फर्किएका छन्। नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org