९ करोडमा छाङरुमा सशस्त्रको भवन निर्माण हुने, इन्जिनियरद्वारा अध्ययन सुरु
काठमाडाैँ । दार्चुलाको लिपुलेक क्षेत्रको छाङरुमा सशस्त्र प्रहरीले केही दिनमै भवन निर्माणको प्रक्रिया अगाडि बढाउने भएको छ।
बिहीबार सशस्त्र प्रहरी बलका इन्जिनियरले भवन बन्ने स्थानको अनुगमन गरी नाप नक्सा लिएका छन्।
छाङरुमा १५ रोपनी जग्गामा सशस्त्रले भवन निर्माण गर्न लागेको हो। करिव ९ करोडको लागतमा बन्ने भवनमा १ सय ६५ जना रहन सक्ने गरी भवन निर्माण गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।
भवन निर्माणको प्रक्रिया केही दिनमै अगाडि बढ्ने सशस्त्रले जनाएको छ। सोही गुल्म मातहत रहने गरी त्यसक्षेत्रमा बोर्डर आउट पोस्ट बीओपी स्थापना गर्ने तयारी भइरहेको छ।
यसअघि बुधबार २५ जना सशस्त्र प्रहरीको टोली छाङरुमा पुगेको छ। तत्कालका लागि टोली व्यक्तिको घर भाडामा लिएर बसेको छ। भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि तत्काल सशस्त्र त्यसक्षेत्रमा खटाइएको हो।
सशस्त्रको बीओपी लिपुलेकभन्दा १३ किलोमिटर तल पर्ने सशस्त्रका दार्चुलास्थित गुल्मका डीएसपी डम्बरबहादुर बिष्टले बताए।
Comments
अरु समाचार
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
सरकारले गर्यो ६ सचिवको सरुवा: शिक्षामा काफ्ले, पर्यटनमा पाण्डे
काठमाडौं । काठमाडौं । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना...
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...