मृतक महिलाको शव सेनाको स्कर्टिङमा काठमाडौं ल्याएर अन्त्येष्टि गरिँदै
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले धुलिखेलमा मृत्यु भएकी महिलाको कोरोनाको कारण मृत्यु भएको औपचारिक पुष्टि नगरी सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टि गर्न लागिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको अन्तिम संस्कारका लागि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा शव ल्याइँदै तस्बिर : इलिट जोशी/कान्तिपुर जिल्ला प्रशासन कार्यालय काभ्रेले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो । सुरक्षाका उपाय अपनाउँदै कार्यविधिअनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहितको टोलीले शव अन्त्येष्टिको लागि लगिएको हो ।
शव लैजान प्रयोग भएको शववहानका चालक, एम्बुलेन्सका चालक, स्वास्थ्यकर्मी, मृतकका श्रीमान्सहितलाई पीपीई, बुट लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीसहित पठाइएको सुरक्षा निकाय स्रोतले जनाएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको बिहीबार धुलिखेलमा मृत्यु भएको थियो । मृत्युपछि अस्पतालमा दुई पटक पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको थियो । थप परीक्षण गर्न उनको स्वाब शनिबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
‘सेनाको टोलीले काभ्रेबाट सद्गत गर्न काठमाडौं हिँडाइसक्यो,’ अस्पताल स्रोतले भन्यो । उनको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहबाट अन्त्येष्टि गर्न लागिएको हो । काभ्रेमा शववाहन नपाएपछि काठमाडौंबाट लगिएको थियो ।
‘कोरोनाकै कारण मृत्यु भएकोले सेनाले स्कर्टिङ गरेको छ । सदगत गर्न आउने टोलीमा ५ जना छन्,’ काभ्रेका एक सुरक्षा अधिकारीले भने, ‘सद्गत गर्ने एकजनालाई पनि पीपीई पठाएका छौं ।’ मृतकका श्रीमान्लाई छुट्टै गाडीमा पठाइएको ती सुरक्षा अधिकारीले बताए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी रहेकोले औपचारिक घोषणा नभएको बताए । ‘रिपोर्ट नआएसम्म औपाचारिक केही बोल्न मिलेन । रिपोर्ट आउनेबित्तिकै हामी सार्वजनिक गर्छौं,’ उनले भने, ‘शव व्यवस्थापको बारेमा जानकारी भएन ।’
शवको व्यवस्थापनमा खटिएका सबैलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राख्ने तयारी छ ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...