ताजा समाचार

कोरोनाले मृत्यु भएकी महिलाको परिवारको रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

मृतक महिलाका श्रीमान्, छोरा, आमा र बहिनीको नमुना संकलन गरिएको थियो ।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोकको प्रशासनको समन्वयमा उनीहरुलाई घरमा लगिने, त्यहाँ लगेर १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि फेरि पीसीआर गरिने तयारी छ । सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोनाका कारण बिहीबार मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org